जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

दमक, ८ चैत । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश- १-०२-००१ क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश- १-०२-०४४ प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोरङ रतुवामाई नगरपालिका– ८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो । बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका– ८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा टिपर चालक दमक– ४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।