जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जुवा तास खेलिरहेको अवस्थामा पोखरा बुद्धचोकबाट ९ जना जुवाडे पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोक बस्ने कुमार कार्कीले संचालन गरेको ‘You And Me’ नाम गरेको रेष्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना व्यक्तिहरूलाई नगद रू.२,१५,२५०।– (दुई लाख पन्ध्र हजार दुई सय पचास मात्र), तास २०८ पत्ती, CCTV क्यामेराको हार्डडिक्स थान-१ र ऐ. को मनिटर थान-१ सहित नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका  प्रवक्ता/ सूचना अधिकारी प्र.ना.उ. सुन्दर तिवारीले जानकारी गराएका छन।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-

१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोक बस्ने वर्ष ४५ को कुमार
कार्की ।

२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.११ रानी पौवा घर भई ऐ.१० बुद्ध चोक बस्ने वर्ष ४६ को मिलेन्द्र कुमार रन्जित ।

३. जिल्ला गोरखा गण्डकी गा.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२६
बिजयपुर बस्ने वर्ष ३३ को सन्तोष पाण्डे ।
४. जिल्ला तनहुँ भिमाद न.पा. वडा नं.२ घर भई हाल पोखरा म.न.पा. वडा नं.१४ छिनेडाँडा बस्ने वर्ष ४६ को श्रीराम आले ।

५. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ शान्तिमार्ग बस्ने वर्ष ४५ को ओम बहादुर नेपाली

६. जिल्ला स्याङ्जा बिरुवा गा.पा.२ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ चाउथे बस्ने वर्ष ४९ को खोम बहादुर थापा

७. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. १८ घर भई हाल जिल्ला कास्की पोखरा
म.न.पा.१० बुद्धचोक बस्ने वर्ष ५२ को भरत प्रसाद न्यौपाने ।

८. जिल्ला नवलपरासी बर्दघाट न.पा.४ घर भई हाल पोखरा १४ बि.पि. मार्ग बस्ने वर्ष ४२ को जित बहादुर सारु

९. जिल्ला पर्वत जलजला गा.पा. ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने वर्ष ३६ को शिव
सुबेदी ।