जुनियर बेल्ट प्रमाेशन कार्यक्रम सम्पन्न ।
पोखरा । जापान गोजु रियो कराते डो मिसन संघ कास्की को आयोजनामा जुनियर वेल्ट गेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि के.बी रानाले कराँते स्वास्थ र आत्मरक्षासगै अनुशासन सिकाउने राष्ट्रले नै गर्व गर्ने खेल भएकाे भन्दै विधार्थीहरूलाई थप अघि बढ्न शुभकामना दिनुभयो । साे कार्यक्रममा बाेल्दै कार्यक्रमका बिशेष अतिथि एवं समाजसेवी श्री पि.डी. सिग्देलले विधार्थीहरूकाे स्वास्थ एवं शिक्षाका निम्ति कराँते महत्त्वपूर्ण रहेकाे बताउनुभयो । यस्तै कार्यक्रममा बाेल्दै डेभिजफल क्लबका अध्यक्ष श्री पुष्प बरालले आत्मरक्षाका लागि कराँते आवश्यक रहेकाे बताउनुभयो । कार्यक्रमका अतिथि एवं समाजसेवी श्री श्रीराम सुबेदीले स्थानीय ठाउँमा यस किसिमको प्रशिक्षण लिन पाउनु बिशेष अवसर भएकाे बताउदै विधार्थि भाईबैनी लाई शुभकामना व्यक्त गर्नुभयाे ।
कार्यक्रम्ममा ४६ जाना प्रशिक्षार्थीलाई ब्लु यल्लाे र ग्रिन बेल्ट मा प्रमाेशन गरियाे थियो ।जापान गोजु रियो कराते डो मिसन संघ कास्कीका अध्यक्ष देवराज सुनारको अध्यक्षम भएको सो कार्यक्रमको स्वागत तथा कार्यक्रम सन्चालन संंस्थाकि सचिव सन्ताेषी सुनारले गरेकी थिईन् ।