जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिल्ला प्रशासन कार्यालय कास्की को सूचना, फागु पूर्णिमा (होली) लगायत पर्वमा भेला, कार्यक्रम संचालन आयोजना नगर्नु

जन्मभुमि खबर
पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। कार्यालयले बिहीबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड १९ बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो।

‘ नजिकिँदै गरेको फागु पूर्णिमा (होली) लगायत चाडपर्वहरु मनाउँदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम, संचालन गर्दा भिडभाड नगरी अनिवार्य रुपममा कोभिड रोकथाम तथा नियन्त्रणका लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, गराउने । अनावश्यक सभा, समारोह, सम्मेलन भेला आयोजना नगर्ने’ सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।