जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जापानमा अवतरणका क्रममा विमानमा आगलागी

जन्मभुमि खबर ,
पोखरा ।

जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए ।
जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।

जापान एयरलाइन्सका एक प्रवक्ताका अनुसार होकाइडोको शिन-चितोसे एयरपोर्टबाट गएको उक्त जहाजमा ३७९ जना थिए। जसमध्ये ३६७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।