जागौ नेपाल प्रवास समितिले विदेसमा सङ्मलन गरि पठाएको रकमद्वारा कास्की ट्राफिक प्रहरीलाई स्वास्थ सामाग्री हस्तान्तरण
जन्मभुमि खबर,
पोखरा ।
जागौ नेपाल प्रवास समितिले विदेसमा सङ्मलन गरि पठाएको रकमद्वारा कास्की
ट्राफिक प्रहरीलाई स्वास्थ सामाग्री आज सानो कार्यक्रम गरि हस्तान्तरण गरिएको छ । जागौ नेपाल प्रवास समितिको
सयोजक सन्तोष सर्मा चँचल तथा सह सयोजक सरस्वतति खनाल द्वारा नेपाली दाजु भाइ बाट थोपा थोपा ताल बाचौ बचाअौ पुन्य कमाउ भन्ने मुल उद्घोषका साथ सहयोग राशि सङ्कलन गरि पठाएको स्वास्थ्य सामग्री नेपालका विभिन्न ठाउमा दिने क्रममा आज कास्की ट्राफिक प्रहरीलाई पनि जागौ नेपालका सह सयोजक शिवराज बस्ताकोटि शिवदाइ तथा सचिव ज्ञानु आचार्य ले कास्की ट्राफिक प्रहरि प्रमुख अमृत बस्नेत लाइ स्वास्थ्य सामग्रि हस्तान्तरण गरेका गर्नुभएको थियो । स्वास्थ्य सामग्रि लिदै प्रमुख बस्नेतले यति बेला यो महामारी र विषम परिस्थितिमा यसरी सहयोग गरि मानवियता लाई ब्युझाउने कार्य गरेको प्रति खुसि व्यक्त गर्दै जागौ नेपाल राष्ट्रिय अभियान तथा जागौ नेपाल प्रवास समितिलाइ धन्यवाद दिएका थिए ।