जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अष्ट्रेलियाका मिडिया र प्रयोगकर्ताले फेसबुकमा समाचार सेयर गर्न नपाउने

जन्मभुमि खबर ।

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा  समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द  गरिदिएको हो। अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई  पैसा तिर्नुपर्ने व्यवस्था छ।

फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ। रासस