जन्मदिनको अबसरमा मालेपाटनका प्रेमले गरे राधाकृष्ण बृद्धाश्रमलाई सहयोग
जन्मभुमि खबर
नारायण के सी, पोखरा
बेसहारा बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग गरेर पोखरा महानगरपालिका ५, मालेपाटनका प्रेम गुरुङ्गले ३० औं जन्मोत्सव मनाएका छन ।
मालेपाटन युवा क्लबका अध्यक्ष समेत रहेका गुरुङ्गले हरेक बर्ष गरिव, बेसहारालाई सहयोग गरेर जन्मोत्सव मनाउने क्रममा यसपालि पोखरा ३२ स्थित राधाकृष्ण बृद्धाश्रमलाई २० हजार रुपयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन ।
परोपकार सामाजिक काममा रमाउने समाजसेवि युवा गुरुङ्गले बृद्धाश्रमलाई चामल, दाल, चीनी, बिस्कुट, नून, तेल, मसला, आलु, खुर्साँनी लगायतका खाद्य सामाग्री लगेर आश्रमलाई दिएका थिए ।
घरपरिवार र समाज परिवर्तनको जिम्मेवारी बोकेका युवाहरुले रचनात्मक काम गरेर बिपन्न र गरिव मानिसलाई सेवा गर्ने संस्कारको बिकास गर्नुपर्ने गुरुङ्गले बताए । गुरुङ्गले यसअघि पनि गाँस, बाँस, कपासको समस्या झेलेका मानिसहरुलाई बेला बेलामा दान गरेर परोकारको काम गर्दै आएका छन ।