जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

जन्मभुमि खबर,
पोखरा ।

राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापामाथि फेरि कारवाही गरिएकाे छ । सभामुख नेत्रनाथ अधिकारीले आज प्रदेश सभामा उनलाई कारवाही गरिएकाे पत्र पढेर सुनाएका छन् ।

पहिलाे पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्बाेच्च अदालतले पुनरवहाली गर्न अन्तरिम आदेश दिएकाे थियाे । उनकाे मुद्दा अदालतमा बिचाराधिन छ ।

पहिलाे पटक पनि पार्टीकाे ह्विप पालना नगरेकाे भन्दै कारवाहीमा परेका थापालाई अहिले पनि ह्विप पालना नगरेकाे भनेर कारवाही गरिएकाे छ । उनलाई जनमाेर्चाले कारवाही गरेकाे पत्र सभामुखले पढेर सुनाएका छन् ।

आज गण्डकी प्रदेश सभामा कुनै बिजनेस नभएपनि सभामुखले बैठक बाेलाएका थिए ।