जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जगदम्बा ट्राभल्सको पोखरादेखि काठमाडौंका लागि सुविधा सम्पन्न बस संचालनमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको जगदम्बा ट्राभल्सले पोखरा देखि काठमाडौँका लागि सुविधा सम्पन्न लकजरी बस सञ्चालनमा आएको छ । सार्वजनिक यातायातलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उद्देश्यले ट्राभल्सले विहिवारदेखि सुविधा सम्पन्न सुपर भिआइपी लक जरी बस सञ्चालनमा ल्याएको हो ।

पोखरा काठमाडौँ र पोखरा दिल्ली लक जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले आफ्नो चौथो संस्करणको सुपर भिआइपी लक जरी बस सञ्चालनमा ल्याएको ट्राभल्सका सञ्चालक केशव प्रसाद अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार एउटा बसको लागि एक करोड ५० लाख लगानी गरी २ वटा बस सञ्चालन ल्याइएको लक जरी बसमा रिमोट कन्ट्रोल बिलासी सोफा सिटहरू, शौचालय, सिट बेल्ट, विलासी एयर सस्पेन्शन एयर बस, चार्ज पोर्ट, थ्रिडी ध्वनि प्रणाली, टेलिभिजन झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिने, क्रू सर्भिस, खाजा, कफी, लन्च र हाइटीको व्यवस्था सहित सुपर भिआइपी बस सञ्चालनमा ल्याइएको हो ।

२९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाण्डौको भाडा दर २५ सय तय गरिएको छ । उक्त बस पोखराको पर्स्याङस्थित जगदम्बाको ग्यारेजबाट ७.३० बजे प्रस्यांग, लेक साइड हुँदै बसले काठमाडौँको यात्रा तय गर्नेछ । काठमाडौंमा पनि सोही समयमा लैनचौर मल्ल होटलबाट पोखराको लागि बस छुट्नेछ ।

जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक जरी बस सञ्चालन गर्दै आइरहेको र आगामी असार भित्रमा पोखर पटना समेत लक जरी बस सञ्चालनको तयारी गरिरहेको र बसहरु दिल्लीमा निर्माणाधीन रहेको अधिकारीले जानकारी दिए ।

बस सञ्चालनका लागि पटना सरकार सँग सहकार्य भइरहेको उनको भनाइ रहेको थियो । जगदम्बाले यस अघि पोखरा काठमाडौँ दिवा र रात्रि सेवामा लक जरी बसहरु सञ्चालन गर्दै आई रहको छ ।