जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चीनबाट खोप आउनमा ढिलाइ भएकाले पोखरामा आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा आज लगाउने भनिएको खोप कार्यक्रम स्थगन गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले आजका लागि पुर्व निर्धारित खोप शेशन स्थगन गरिएको जानकारी दिएको हो ।

गण्डकी प्रदेशका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको अध्यक्षतामा कोभिड खोप व्यवस्था सम्बन्धि बसेको बैठकको निर्णयअनुसार कार्यक्रम स्थगन गरिएको हो ।

चीनबाट खोप आउनमा ढिलाइ भएकाले स्थगित भएको सम्बन्धित निकायको भनाइ छ । साउन ३ गतेका लागि निर्धारित शेसनहरु भने यथावत रुपमा संचालन हुने जनाइएको छ ।