जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिल्ड्रेन नेपाल र नेपाल अर्बुद रोग निवारण संस्थाको सहकार्य मा क्यान्सर सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न

जन्मभुमि खबर
पोखरा २ चैत २०७७

चिल्ड्रेन – नेपाल र नेपाल अर्बुद रोग निवारण संस्था कास्की को सयुक्त आयोजनामा क्यान्सर सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सभापति प्रेमबहादुर भुजेलले विश्वमा क्यान्सर रोगीहरुको तीव्र रुपमा वृद्धि भइरहेकोले नेपालमा पनि सबै नेपाली सचेत हुनुपर्ने बताए । उनले व्यायाम नगर्नु र सुर्तीजन्य पदार्थको सेवनको क्यान्सरको मुख्य कारण भएको बताए । उनले प्रारम्भिक अवस्थामा क्यान्सर पत्ता लागे निको हुने तर ढिलो उपचार गरे बिरामीलाई बचाउन गाह्रो हुने कुरा बताउनु भएको थियो । यसको रोकथामको लागि सबै सरोकारवालाहरु आ आफ्नो स्थानबाट लाग्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक एबम संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले घर बाट नै क्यान्सरसम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा संस्थाबाट सहयोग प्राप्त गरि विद्यालयमा अध्ययनरत बालबालिकाका १३९ जना अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका उप सभापति नारायण पराजुलीले गर्नु भएको थियो । क्यान्सर के हो ? कसरी क्यान्सर फैलिन्छ ? के कारणले हुन्छ ? उपचार कसरी गरिन्छ लगायतका बिसयमा सहजीकरण गर्नु भएको थियो । उहाँले प्रारम्भिक अवस्थामा क्यान्सरको उपचार गरे क्यान्सर निको हुने कुरामा जोड दिनु भएको थियो । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु वेस हुने बताउनु भयो । क्यान्सरले धनी, गरीब, पुरुष र महिला नचिन्ने भएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीलाई बरिस्ठ कार्यक्रम अधिकृत शारदा शर्माले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा कार्यक्रमको संचालन संस्थाका बरिस्ठ कार्यक्रम अधिकृत तथा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका सचीव डिल्ली प्रसाद शर्माले गर्नु भएको थियो ।