जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चिल्ड्रेन–नेपालद्वारा विद्यार्थीहरु लाई पोसाक र स्विटर बितरण

जन्मभुमि खबर,पोखरा २१ माघ
चिल्ड्रेन–नेपालले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुको लागी बिद्यालय पोसाक,स्विटर र जुत्ता बितरण गरेको छ । पोखरा महानगरपालिका १० स्थित कालिका मा बिको ५७ औं बार्षिकोत्सबको अबसरमा संस्थाबाट सहयोग प्राप्त गरी अध्ययन गर्ने ४५ जना बालबालिकाहरुको लागी पोसाक,स्विटर र जुत्ता बितरण गरिएको थियो । संस्थाका उपाध्यक्ष साबित्री नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कालिका मा बि राम बजारका प्रधानाध्यापक बलराम गिरीले संस्थाले बिपन्न बालबालिकाहरुको लागी शिक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै अभिभाबकहरुले पनि बालबालिकाहरु प्रति आफनो जिम्मेबारी बहन गर्न सकेमा शिक्षा क्षेत्र अझ मजबुत हुनेका जोड दिनु भएको थियो । संस्थाका उपाध्यक्ष साबित्री नेपालीले संस्थाले स्थापनाकाल देखी नै बिपन्न परिबार र तिनका बालबालिकाहरुको शिक्षामा पँहुच र बिद्यालय निरन्तरताका लागी निरन्तर रुपमा सहयोग गर्दै आईरहेको छ । बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै उद्धेश्य माथि प्रकास पार्दै सामाग्री बितरण मात्रै नभएर अभिभाबक र बालबालिकाहरुको क्षमता बिकासका गतिबिधिहरु पनि गर्दै उनीहरुको सशक्तिकरणमा जोड दिने कुरा बताउनु भएको थियो । कार्यक्रममा सोही बिद्यालयका प्रा बि ईन्चार्ज बिजयालक्ष्मि कोईराला, पुर्ब प्रअ राम प्रसाद कोईराला,संस्थाका सहायक संयोजक सुनिता तिमिल्सिना र महेन्द्र पौडेल लगायतले आफना भनाई राख्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सह–संयोजक रमेश सुबेदीले गर्नु भएको थियो ।