चिनियाँ खोप सिनेभ्याक ‘भेरो सेल’ पनि नेपालमा कोरोनाविरुद्ध आपतकालीन प्रयोग गर्न अनुमति
काठमाडौँ, ६ फागुन । नेपालमा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध चिनियाँ खोपलाई पनि आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिइएको छ ।
चिनिया कम्पनी सिनोफार्मले बनाएको सिनेभ्याक ‘भेरो सेल’ नामक कोरोना विजरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।
हाल यो खोपको बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ । नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।
यसअघि नेपालमा अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतमा उत्पादित कोरोनाविरुद्ध खोप कोभिसिल्डलाई आपतकालीन प्रयोग अनुमति दिइसकिएको छ । भारतले नेपाललाई १० लाख डोज अनुदानमा दिएको यो खोप अहिले प्राथमिकतामा परेका सर्वसाधारणमा लगाइँदै आएको छ ।