जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घरको छतबाट खसेर प्रस्याङका भुपाल रेग्मीको उपचारको क्रममा मृत्यु

जन्मभुमि खबर,पोखरा । पोखरामा छतबाट खसी एक व्यक्तिको मृत्यु भएको छ ।

माघ १८ गते अन्दाजी दिउँसो साढे १२ बजे आफ्नै घरको छतबाट खस्दा घाईते भएका पोखरा ५ र्पस्याङका ५५ वर्षीय भुपाल रेग्मीको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

तीन तला माथिबाट अचानक तल भुईमा खसेका रेग्मीलाई उपचारको लागी तुरुन्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा उनलाई फेवासिटी अस्पताल रिफर गरी उपचार भईरहेको थियो । उपचारको क्रममा आज अन्दाजी ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।