जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुन चाँदी को मूल्य

जन्मभुमि खबर।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।