जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गीत संगीतमा लागेपछि यसरी प्रेमिका गुमाए सुनिलले (हेर्नुहोस् भिडियो सहित)

पोखरामा रहेर संगीतमा संघर्ष गरिरहेका सुनिल गायकको नयाँ गीत “कहिले भईन” को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच उक्त भिडियो सार्वजनिक गरिएको हो । साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुती र सुनिलकै शब्द संगीत रहेको गीतमा साँहिला गयकको एरेन्ज रहेको छ ।

गीतको भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइडको पेरिफेरिमा गरिएको हो । भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय देख्न सकिन्छ भने भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन ।

सारङ्गी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा साहायक निर्देशनको भूमिकामा सबिन गायक छन् । पब्लीसिटी डिजाईनर सँगै म्युजिक भिडियोका कलाकार समेत रहेका सबिनले छायाँकनको पाटोमा समेत नेत्रलाई सघाएका छन् । गीतमा पुकार पुनको समेत अभिनय रहेको छ ।