जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सरकार गठनका लागि आह्वान

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्रीबाट बुधबार सरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भट्टले आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ७ दिनको समय दिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि मुख्यमन्त्री बन्ने दाउसहित राजीनामा दिएका थिए । तर, प्रदेश प्रमुखले उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त नेतालाई मुख्यमन्त्री नियुक्त गर्नका लागि सूचना जारी गरेपछि उनको प्रयास असफल भएको हो ।

संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु ।’