जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सभा बैठक चैत २५ गते बाट

गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ । संसद बैठक सकिएको ६ महिनाभित्र अर्को बैठक बोलाउनु पर्ने वाध्यता अनुसार बैठक बस्न लागेको हो ।

हिउँदे अधिवेशनमा विधेयकले प्राथमिकता पाउने भए पनि यस पालि भने सरकारले जम्मा ४ वटा विधेयक तयार पारेको छ । तीमध्ये एउटामात्र विधेयक संसद सचिवालयमा दर्ता भएको छ । बाँकी ३ पनि संसदमा पठाउन सरकारले निर्णय गरिसकेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

चैत २६ गते संसदको बैठक अन्य भएको ६ महिना पूरा हुन्छ । असोज २६ गते प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो । चैत २५ गतेबाट बैठक बोलाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उनले जनाए ।