जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशको राजनीतिक घटनाक्रम पनि केन्द्रको जस्तै ढंगले अघि बढेको छ । योसंगै गण्डकी प्रदेशसभा पनि विघटनतर्फ उन्मुख भएको छ ।

प्रदेशसभामा विश्वासको मत लिन नसकेर तीन दिन अघि पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दावी गरेका छन् ।

उनले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै तीन दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीका दावी गरेका हुनु् ।

स्रोतका अनुसार जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख समक्ष बुझाइएको बताइन्छ ।

गण्डकीमा विपक्षी गठवन्धनले शुक्रबार साँझ नै बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् ।

यता, विपक्षी गठवन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयको गेटमा धर्ना दिएका छन् ।

उनीहरु ३१ जना सांसद नै सहभागी छन् । साथै पार्टीका नेता, कार्यकर्ताहरु पनि धर्नामा सहभागी छन् ।

विपक्षीलाई रोक्न प्रदेश प्रमुखको कार्यालयमा सयौं सुरक्षाकर्मी तैनाथ गरिएको छ ।