जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा सोमबार नबलपरासी का १ जना मात्र संक्रमितको मृत्यु ,कास्कीका जना ११२ जना सहित गण्डकीमा २७७ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५४ जना पुरुष तथा ५८ जना महिला गरी ११२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १५० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११२ सहित म्याग्दीका ४२६ जना, पर्वतका १७ जना, गाेरखाका ३१ जना, तनहुँका २२ जना, बाग्लुङका १९ जना, स्याङ्जाका १८ जना र नवलपुरका ३२ जना गरी प्रदेशका ८  जिल्लामा १४४ पुरुष तथा १३३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ४४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ६९८ पुगेको छ ।

गण्डकी प्रदेशका थप १ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले नवलपुर जिल्लाका १  जना महिलाकाे उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ पुगेको निर्देशनालयले जनाएकाे छ ।