जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोप अभियानको नवौं दिन : गण्डकी प्रदेशमा १७ हजार २६७ जना सहित देशभर साढे १ लाख बढीले लगाए ‘कोभिशिल्ड’ खोप

काठमाडौं- कोभिड-१९ विरुद्धको खोप अभियानको नवौं दिनसम्ममा साढे एक लाख बढीले खोप लगाएका छन्। ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन्। पहिलो चरणको खोप अभियान आगामी शनिबारसम्म चल्नेछ।

सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट बञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटो सहितको परिचय पत्र लिई सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ।