जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेटर सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

जन्मभुमि खबर ,
पोखरा ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।