जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणबाट पोखराका पत्रकार गणेश पौडेलको निधन

जन्मभुमि खबर,
पोखरा ।

करीब डेढ दशकदेखि पोखराको पत्रकारिता जगतमा सक्रिय पत्रकार गण्डकी टेलिभिजनका निर्देशक गणेश पौडेलको कोरोनाका कारण आज बिहान निधन भएको छ ।

पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले पुष्टि गरे । ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखराका चर्चित पत्रकार अपिल  त्रिपाठीको फलानो क्रियशनमा पनि आबद्ध थिए। ४२ वर्षीय उनी पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी निवासी हुन्।