जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमणको हटस्पट बन्दै पोखरा, आजै ४३ जनामा पुष्टि, वडा नम्बर १६ मा ३० जना संक्रमित थपिए

जन्मभुमि खबर
पोखरा । पोखरामा केही दिन यता कोरोना संक्रमणको दर फेरी वृद्धि हुन थालेको छ । यसबीच आज मात्रै थप ४३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा ३२ वर्षीय १ जना पुरुष तथा ८ मा ४८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ वर्षीय २ जना तथा ४८ वर्षीय १ जनासहित ३ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा १३ मा ५४ तथा १४ मा २७ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी वडा नम्बर १६ मा ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ र १९ वर्षीय २ जना किशोर, २० वर्षीय ६ जना, ५ जना ३१ वर्षीय, ७ जना २२ वर्षीय, ४ जना २३ वर्षीय, ४ जना २४ वर्षीय तथा २५ र २६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा ४३ वर्षीय १ जना महिला, २७ मा २० वर्षीय १ जना महिला, २८ मा २० वर्षीय १ जना महिला, २९ मा २० वर्षीय १ जना महिला, ३० मा ४६ वर्षीय १ जना महिला तथा ३१ मा २० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अर्को जिल्ला बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । संक्रमित जिल्लाको जैमिनी १ का ८३ वर्षीय पुरुष हुन् ।

यस्तै स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला अन्तरगत भीरकोट ५ की २७ वर्षीय महिला हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ३ सय ६९ पुगेको छ ।