कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं १३ की ७१ वर्षीया महिलाको मृत्यु
जन्मभुमि खबर
पोखरा – कोरोना संक्रमणका कारण कास्कीमा आज एक महिलाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१३ निवासी ७१ वर्षीया महिला रहेकी छन् ।
गत माघ २६ गते कोरोना संक्रमण देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएकी उनको मंगलबार साँझ ७:४० बजेको समयमा मृत्यु हो । मृतक महिला मृगौला र सुगरको विरामी रहेको अस्पतालले जनाएको छ ।
योसंगै, कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ, भने गण्डकीमा मृतकको संख्या २०४ पुगेको छ ।