कोरोनाबाट पोखराका १ जना सहित पर्वत र तनहुँमा गरि ४ जनाको मृत्यु
जन्मभुमि खबर,
पोखरा ।
कोरोना संक्रमणबाट पोखरा, पर्वत र तनहुँमा गरि आज ४ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती जारी गर्दै पोखरामा १ जना, तनहुँमा १ जना र पर्वतमा २ जना गरि आज ४ जनाको ज्यान गएको जानकारी दिएको हो ।
संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा २५ का ६८ वर्षिय एक पुरुष, तनहुँ व्यास नगरपालिका वडा १ की ६० वर्षिय एक महिला, पर्वत जलजला गाउपालिका वडा ३ का ६३ वर्षीय एक पुरुष र पर्वत जिल्लाकै कुश्मा नगरपालिका वडा ९ का ५३ वर्षीय एक पुरुष छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४५ पुगेको छ ।