जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुलेन्द्र र तुलसाको गीतमा रमेश बाबु, प्रबेश, प्रियाको रोमान्स (भिडियो सहित्)

 

जन्मभुमि खबर
पोखरा
कुलेन्द्र बिक र तुलसा बस्नेतको आवाजमा ‘बन्दु’क दुईनाले’ सुरज लामिछाने युट्युव च्यानलमा सार्वजनिक भएको छ । दुई प्रेमी-प्रेमिकाको गन्थनलाई टपक्क टिपेर गीतमा उतारेका छन प्रत्यक्ष दोहोरीका बाद्शह राजु केसीले । राजुका शब्दमा लयको मिठास भर्ने काम सुरज लामिछानेले गरेका छन ।

आकाश नेपालीले संगीत संयोजन गरेको गीतको रेकर्डिङ बिमल छिनालले गरेका हुन । वानडिभी एचडीमा रेकर्डिङ गरिएको गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग एचबिएन किस्मतले गरेका हुन ।

मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन् गरेको गीतमा रमेश बाबु थापा, प्रबेश शाही, प्रिया कालिकोटे लगायतलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन करण चैसिरले गरेका हुन भने सम्पादन मनोज कार्कीले गरेका हुन ।