जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की प्रहरीले लागुऔसध सेवनकर्तालाइ शपथ ख्याएर परिवारको जिम्मा

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले लागुऔषध सेवनकर्तालाई असल नागरिक बन्न शपथ खुवाएको छ।

लागु औषध सेवन कर्तालाई असल मानिस बन्ने शपथ खुवाइएपछि परिवारको जिम्मा लगाएको छ। शनिबार कास्की प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट १३ जना लागुऔषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई अभिभावकको उपस्थितिमा लागू औषध, लागू औषधको प्रयोगबाट हुने असरहरू तथा कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरिनुका साथै अब उप्रान्त लागु औषध सेवन नगर्ने, लागु औषध प्रयोगको असरका वारेमा अन्य व्यक्तिहरुलाई जानकारी गराउने, लागु औषध दुर्व्सनी, कारोबारी र आपराधिक गतिविधिको बारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिई प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाज परिवर्तनको संवाहक बन्ने शपथ खुवाएर अभिभावकको जिम्मा लगाइएको हो।