जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा साउन ५ गतेसम्म लम्बियो लकडाउन थप , सवारीमा जोर विजोर कायमै, पसल ११ बजेबाट राति ८ बजेसम्म खोल्न पाइने

जन्मभुमि खबर,
पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै साउन ५ गतेसम्म थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा शुक्रबार रातिदेखि सकिन लागेको निषेधाज्ञाकोसमय थप दश दिन लम्ब्याइएको हो । निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म जारी रहने छ ।

विज्ञप्ति अनुसार निजी तथा सार्वजनिक सवारी साधन जोर विजोर नंवरका आधारमा मात्र संचालन गर्नु पर्नेछ ।

पसल तत्था व्यापार व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म संचालन गर्न पाइने भएको छ। तर, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ संचालन गर्न पाइने छैन।

यस्तै निश्चित मापदण्ड अपनाएर अनलाइन डेलिभरी साँझ ७ बजेसम्म संचालन गर्न पाइनेछ।

यस्तै ब्यूटी पार्लर, स्विमिङ, शैलुन, फुटपाथ पसलहरु खोल्न पाइने छैन ।