जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ घरमा क्षति

जन्मभुमि खबर ,
पोखरा ।

हावाहुरीको कारण कास्कीको रुपा गाउँपालिकामा १४ घरमा क्षति पुगेको छ । बिहीबार साँझ आएको हावाहुरीका कारण रुपा गाउँपालिकाको विभिन्न स्थानहरुमा क्षति पुगेको हो ।

हावाहुरीको १४ घरमा क्षति पुगेको छ भने मानवीय तथा पशु चौपायमा भने क्षति भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नं। १ च्यार्पे स्थित नर माया गुरुङको २ तले कच्ची घरको टिनको छानो उडाएको, घरभित्र राखिएको अन्नपात लत्ता कपडा भिजेर क्षति पुगेको छ ।

वडा नं।२ छापडाँडास्थित सोम बहादुर खड्काको २ तले कच्ची धनसारको छानो उडाएको, धनसारमा रहेको अन्नपात भिजेर क्षति पुगेको छ भने माझकोटका हर्क बहादुर गुरुङ र जामुनेकी चिजा माया गुरुङको बाख्राको खोर र ट्वाईलेटको टिनको छाना उडाएको छ ।

यस्तै प्रतिक अधिकारीको १ तले पक्की घरको छतमा राखेको पानीको ड्रम र ट्वाईलेटको छतमा राखेको ड्रम उडाएकोछ । कसिला गुरुङ, गंगा गुरुङ,राज कुमार तामाङको घरमा पनि हावाहुरीले क्षति पुयाएको छ ।

६ मियागाउ बस्ने अब्बस अलि मिया,अबदुल मिया,रजिना मिया,मैमुन मिया,लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मियाको घरमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ ।

यस्तै भिरचोक बस्ने जानकी गुरुङको मौरीको घार र ड्रम उडाएको छ । चिसापानी स्थित कोट मन्दिरको टिनको छानो र थापा गाँउको कुल मन्दिरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ ।