कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ मा बाढिमा परेर ४८ बर्षिया लिला बिकको मृत्यु
जन्मभुमि खबर,
पाेखरा ।
कास्कीको माछापुछ्रे गाउँपालिका–१ मा पर्ने टुसे खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार खोलाले बगाइरहेको अवस्थामा एक महिलाको शवलाई स्थानीयले उद्धार गरेका थिए ।
उद्धारपछि स्थानीयले प्रहरीले खबर गरेका थिए । मंगलबार साँझ उक्त शव टुसे बस्ने ४० वर्षीय लिला परियारको रहेको खुलेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।