जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ८ जना सहित गण्डकीमा थप ११ जनाको मृत्यु पुष्टि,आइतबार कास्कीका ६७ जना सहित गण्डकीमा ३३७ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

आइतबार गण्डकीमा थप ३३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३४१ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६७ जना, तनहुँका ४८ जना, गोरखाका ५३ जना, लमजुङका एक जना, नवलपुरका ११ जना र स्याङ्गजाका ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका २२ जना, बागलुङका ६१ जना र म्याग्दी जिल्लाका ३५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५४ हजार ६१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५० हजार ९८७ पुगेको छ।

आइतबार पनि गण्डकीमा ११ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका आठ जना, तनहुँका एक जना र स्याङ्गजाका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९३४ पुगेको निर्देशनालयले जनाएको छ ।