कास्कीका ७ जना सहित गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि,आइतबार कास्कीका १६३ जना सहित गण्डकीमा ५१३ जनामा संक्रमण पुष्ठि
जन्मभुमि खबर,
पोखरा ।
पछिल्लो २४ घण्टामा गण्डकीका ५१३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ६८६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६३ जना, तनहुँका ४४ जना, गोरखाका ११३ जना, लमजुङका २२ जना, नवलपुरका ५५ जना र स्याङ्गजाका ५७ जना छन् ।
यस्तै, पर्वतका पाँच जना, बाग्लुङका ४९ जना र म्याग्दी जिल्लाका पाँच जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४६ हजार ५०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ५१७ पुगेको छ।
शनिबार पनि गण्डकीमा १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत विभिन्न जिल्लाका १२ जना र नवलपुरका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७६२ पुगेको निर्देशनालयले जनाएको छ ।