कास्कीका ४ जना सहित गण्डकीमा थप १३ जनाको मृत्यु पुष्टि,बुधबार कास्कीका १५१ जना सहित गण्डकीमा ८३८ जनामा संक्रमण पुष्ठि
जन्मभुमि खबर,
पोखरा ।
पछिल्लो २४ घण्टामा गण्डकीका ८३८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५१ जना, तनहुँका ५५ जना, गोरखाका १२७ जना, लमजुङका ७३ जना, नवलपुरका ११७ जना र स्याङ्गजाका १३३ जना छन् ।
यस्तै, पर्वतका ३४ जना, बाग्लुङका ११२ जना र म्याग्दी जिल्लाका ३६ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४३ हजार ८३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १३७२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ।
सोमबार पनि गण्डकीमा १३ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, तनहुँका दुई जना, स्याङ्गजाका तीन जना, गोरखाका दुई जना र लमजुङका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७०७ पुगेको निर्देशनालयले जनाएको छ ।