जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ३ जना सहित गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि,कास्कीका ११९ जना सहित गण्डकीमा २८३ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

मंगलबार गण्डकीमा थप २८३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १६३ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११९ जना, गोरखाका सात जना, लमजुङका नौ जना, नवलपुरका ४३ जना र स्याङ्गजाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका २९ जना र म्याग्दी जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ३२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ७३० पुगेको छ।

मंगलबार पनि गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना,  म्याग्दीका एक जना र लमजुङका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४५ पुगेको निर्देशनालयले जनाएको छ ।