जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ३ जना सहित गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि,सोमबार कास्कीका ९२ जना सहित गण्डकीमा ४३१ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

सोमबार गण्डकीमा थप ४३१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४५८ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९२ जना, गोरखाका ४७ जना, लमजुङका तीन जना, नवलपुरका ८२ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १०९ जना, बागलुङका ५३ जना र म्याग्दी जिल्लाका १५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ३९५ पुगेको छ।

सोमबार पनि गण्डकीमा छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका तीन जना, नवलपुरका एक जना, बागलुङका एक जना र गोरखाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४० पुगेको निर्देशनालयले जनाएको छ ।