जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ३ जना सहित गण्डकीमा थप जनाको ४ मृत्यु पुष्टि,बुधबार कास्कीका ६० जना सहित गण्डकीमा २१६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका ३ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ४ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ज्यान गुमाउनेमा कास्कीका ३ र स्याङ्जाका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २१६ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ६०, म्याग्दीका ९, पर्वतका ५०, लमजुङका २१,तनहुँका ४, बागलुङका १७, स्याङ्जाका १६ र नवलपरासीका ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
१०२ महिला र ११४पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५३ हजार ३८७ पुगेको छ ।

यस्तै आज ३७६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ३७१ रहेको छ ।

हाल प्रदेशमा ३हजार १११ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ७१९जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।