कास्कीका २ जना सहित गण्डकीमा थप १० जनाको मृत्यु पुष्टि,बुधबार कास्कीका ९१ जना सहित गण्डकीमा ६६३ जनामा संक्रमण पुष्ठि
जन्मभुमि खबर,
पोखरा ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ भने ६६३ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले दिएको जानकारी अनुसार आज मृत्यु हुनेमा सबैभन्दा धेरै नवलपरासी पूर्वका तीन जना छन् ।
यस्तै, म्याग्दी, तनहूँ र कास्कीमा दुई, दुई जना र पर्वतमा एक जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९९ जना पुगेको उनले बताए ।
यसैगरी गण्डकीमा पछिल्लो २४ घण्टामा ३३२ जना महिला र ३३१ जना पुरुष कोरोना संक्रमित भएका छन् ।
आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै नवलपरासी पूर्वका १५० जना छन् । यस्तै, मुस्ताङमा ११ जना, म्याग्दीमा १७ जना, पर्वतमा ३९ जना, गोरखामा ८६ जना, लमजुङमा ८९ जना, तनहूँमा ६९ जना संक्रमित भेटिएका छन् ।
यसैगरी कास्कीमा ९१ जना, बागलुङमा ६९ जना र स्याङ्जामा ५१ जना संक्रमित भेटिएको डा. शर्माले जानकारी दिए ।
गण्डकीमा पछिल्लो २४ घण्टामा १७ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका संक्रमितको यो संख्या प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै होे ।
योसंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ६८ सय २० जना रहेको छ ।