जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २ जना सहित गण्डकीमा थप ७ जनाको मृत्यु पुष्टि,बुधबार कास्कीका १०५ जना सहित गण्डकीमा ४०८ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

बुधबार गण्डकीमा थप ४०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३८४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १०५ जना, तनहुँका ८७ जना, गोरखाका १६ जना, लमजुङका ५८ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका चार जना, बागलुङका ५६ जना र म्याग्दीका पाँच जना जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५२५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ।

बुधबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना, नवलपुरका दुई जना, तनहुँका एक जना र मुस्ताङका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६१ पुगेको निर्देशनालयले जनाएको छ ।