जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका १ जना सहित गण्डकीमा थप ३ जनाको मृत्यु ,कास्कीका ९२ जना सहित गण्डकीमा २६८ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

शनिबार गण्डकीका २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४५ जनामा गरिएको नमुना परीक्षणमा २६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९२ जना, तनहुँका ३१ जना, गोरखाका ५५ जना, लमजुङका १८ जना, नवलपुरका ५९ जना र स्याङ्गजाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बागलुङका नौ जना र म्याग्दीका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३६४ पुगेको छ।

शनिबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका -१० का एक जना, म्याग्दी मंगला गाउँपालिका -३ का एक जना र पोखरा महानगरपालिका -१६ निवासी ३१ वर्षीय पुरुष छन् ।

आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०२० पुगेको निर्देशनालयले जनाएको छ ।