जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका १ जना सहित गण्डकीमा थप ३ जनाको मृत्यु पुष्टि,कास्कीका ८३ जना सहित गण्डकीमा ४२६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ४ सय २६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

कोरोना भाइरस संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १२ की ६१ वर्षकी महिला रहेकी छन् ।

जेठ २१ गते संक्रमित भएकी उनको पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यता, पर्वतको मोदी गाउँपालिका वडा नं. ५ की ८३ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यसैगरी तनहूँ शुक्लागण्डकी ६ का ४१ वर्षका कोरोना संक्रमितको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४८ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमित निको भएका छन् ।