जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकैपटक ५७ जना डीएसपीको सरुवा, कास्की प्रहरी प्रमुखमा रमेश थापा

एकैपटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

कास्कीको प्रहरी प्रमुखमा एसपी रमेश थापा आउने भएका छन् ।

यसअघिका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठ सरुवा भएर गएपछि उनको ठाउँमा थापा आउन लागेका हुन् । मंगलबार देशभरका ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको हो ।

एसपी रमेश थापा यसअघि प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखामा कार्यरत थिए । श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा कार्यालय काठमाडौंमा कार्यरत थिए ।

त्यस अगाडी डिएसपी हुदाँ गोरखामा प्रहरी प्रमुखका रुपमा काम गरी सकेका छन् ।