जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगेको छ।

आइतबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ३-० गोलले हराएर आर्मी सेमिफाइनलमा पुगेको हो।

आर्मीको जितमा दिनेश हेन्जनले दुई गोल गरे। उनले खेलको ४८ र ७६ मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको ४५ मिनेटमा जिलेस्पी जंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

संकटा बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने आर्मीले प्रिक्वार्टरफाइनलमा नवप्रवेशी राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो ।

भोलि सोमबारको खेल मनाङ मस्याङदी फुटबल क्लब र जावलाखेल युथ क्लब र बिच प्रतिस्पर्धा हुनेछ ।