जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : शनिबार उपाधिका लागि आर्मी र थ्रिस्टारको भिडन्त

जन्मभुमि खबर ,
पोखरा ।

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब आमनेसामने हुने भएका छन् । शनिबार पोखरा रंगशालामा फाइनल हुनेछ ।

सेमिफाइलनमा थ्री स्टारले जावलाखेल युथ क्लब र आर्मीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेका हुन् । थ्रीस्टार यस प्रतियोगितामा ५ पटक च्याम्पियन बन्दा आर्मी उपाधि विहीन छ । यद्यपि आर्मी पनि पाँचौँ पटक फाइनल प्रवेश गरेको हो ।

थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा राराको उपाधि जितेको छ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्टि्कल स्कुटर पाउनेछन् । यस्तै, प्रत्येक खेल खेलेका टिमले पनि छुट्टाछुट्टै रकम हात पार्नेछन् ।