जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : पाहुना टोलि पारोलाई हराउदै थ्री स्टार सेमिफाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा गोल्ड कपमा आज भएको खेलमा भुटानको पारो एफसी पाहुना टोलिलाई हराउँदै थ्री स्टार २३औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् ।

चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्पोले बल रोक्ने प्रयासमा थिए । तर, उनलाई कुनै अवसर नै दिएनन्, र बललाई जाली चुमाए ।

अतिरिक्त समयको २९ औं मिनेटमा पनि उनै चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले विपक्षी गोलरक्षक जाङ्पो बल सुरक्षित गर्न अगाडि बढेको मौकामा बिना कुनै गल्ती त्यसलाई गोलमा परिणत गरे । उनले दोस्रो गोलमध्ये भागबाट प्रहार गर्दै खाली पोस्टमा आरामले गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा आशिषले निर्धारित समयभित्रै पटकपटक गोल गर्ने अवसर पाएका थिए । तर, सफल भइरहेका थिएनन् । उनीसँगै आदित्य शाक्य र दीपेश आलेमगरले पटकपटक गोल गर्ने अवसर पाएका थिए । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा जितका लागि अतिरिक्त समय पर्खिनुपर्‍यो ।

निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पारो पहिलो पटक सहभागी भएको थियो ।

भोलि आइतबारको संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।