जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आज भएको नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।

पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।

दिपेन्द्र बल रोक्न पछि गइरहेका थिए भने शत्रुघन बल बचाउन अघि बढिरहेका थिए । तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्‍याएर खाली पोष्टमा आरामले गोल गरे ।

चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार संकटा क्लबसँग खेल्ने छ ।

भोलिको खेल थ्री स्टार र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ ।