जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : चर्च व्याइजलाई हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

थपिएको समयमा आर्मीले १ गोल थपेर जित सुनिश्चित गरेको छ । आर्मीका लागि ६१ औँ मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले पहिलो गोल गरेका थिए । ८५ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गरेर खेल बराबरीमा लगेका हुन् । दोस्रो गोल ९९ औँ मिनेटमा रासबहादुर मगरले थपे ।

योसँगै आर्मी पाँचौँ पटक फाइनल प्रवेश गरेको हो । यसअघि ४ पटक फाइनल पुगिसकेको आर्मीले उपाधि भने जितेको छैन ।

अब शनिबार फाइनल उपाधिका लागि थ्री-स्टार र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।