जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आमासँग टाढा हुनेहरुका लागि आँशु थामिएन यो गीत हेरेपछि (हेर्नुहोस् भिडियो सहित)

जन्मभुमि खबर
प्रकाश रसाइली ।
लोक तथा दोहोरी गायिका रुपी सिंजाली मगरको नयाँ गीत ‘आमा तिम्रो फाटेको चोली’ डिजिटल बजारमा सार्बजनिक भएको छ ।

तिर्खा लाग्दो होला आमा थकाइ लाग्दो होला बुढेसकालको शरीरले आराम माग्दो होला आमा तिम्रो फाटेको चोरी कति हेरु नबोली नबोली तिर्न पाइन दुधको भारा बन्न पाइन बुढेसकालको साहारा निकै मार्मिक शब्दले सजिएको गीत आफ्नो आमा संग टाढा भएर बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ ।

तिर्खा लाग्दा आमालाइ पानी दिने मान्छे नहुदा थकाइ लाग्दा आमालाई पालो दिने मान्छे नहुदा भएको एउटी छोरी पनि आफू लाई जन्म दिने आमा संग छुटेर बस्नु पर्ने र बुढेसकालमा आमाको सहारा हुन नपाउनु पिडा गीत हरेक सब्दले बताएको छ । अति मार्मिक शब्दलाई अझै रूपी सिंजालीको आवाजले झनै मार्मिक गराएको छ । गीतमा सागर बिराहीले शब्द, लय र संगीत संयोजन गरेका छन ।

गीतको भिडिय्मा सुजता बस्याल, रश्मि भट्ट, कुलदिप अधिकारी लगायतको निकै मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा सम्पादन रमेश रसाइलीले गरेका छन भने छायांकन बिजय लामाले गरेका छन । पछिल्लो समय कोरस गायिकाको रुपमा ब्यस्त सिंजालिका यसभन्दा अघि पनि दर्जनौं गीत बजारमा आएका छन । रुपि सिंजाली मगरको नयाँ गीत आमा तिम्रो फाटेको चोलिलाई सफलताको धेरै धेरै शुभकामना ।।

गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:-