जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज विश्व रेडियो दिवस

जन्मभुमि खबर ,
पोखरा ।

आज फेब्रवरी १३ अर्थात् विश्व रेडियो दिवस। ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ। नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्।

नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपालका रेडियोहरूले पु¥याएको योगदान र शान्ति प्रक्रियामा रेडियोले गरेको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ।

आज सामुदायिक रेडियोहरुको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्याक्रम गरी रेडियो दिवस मनाउन लागेको छ।

नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने २००७ साल मंसिर २८ गतेदेखि भएको थियो।

एफएम रेडियोको प्रशारण भने २०५२ सालपछि सुरु भएको हो। विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुवरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।